• Tuesday 27th of October 2026

स्वास्थ्यमन्त्री पौडेल वीर अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

मन्त्री पौडेललाई हिजो (शनिबार) काठमाडौंस्थित् वीर अस्पतालमा भर्ना गरिएको हो । उनलाई उच्च ज्वरो छ ।

मन्त्री पौडेल भर्खरै बैंककबाट फर्किएका हुन् । मन्त्री पौडेलको उपचारमा वीर अस्पतालका डाईरेक्टर डा. दिलिप शर्मा खटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖