• Tuesday 27th of October 2026

नागार्जुका मेयर बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद सजाय निर्धारण


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद सजाय निर्धारण गरिएको छ ।

विशेष अदालतका अध्यक्ष (न्यायाधीश) टेकनारायण कुँवर र सदस्य (न्यायाधीश) रामबहादुर थापाको इजलासले बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवानासहित सो कैद सजाय सुनाएको हो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणको मुद्दामा भने बस्नेतलाई ३ वर्ष कैद र १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो बराबर जरिवानासमेत हुने भएको छ ।

साथै, गैरकानु्नी रुपमा कमाएको सम्पत्तिसमेत जफत हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖