• Tuesday 27th of October 2026

कर्मचारी बिधेयकमा कांग्रेस नेता चन्द्र भण्डारीको असन्तुष्टि: संसदमा किर्ते भयो!


  • धनकुटा खबर
  • .

काठमाडौँ । सांसदलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् ।

दुई वर्षे कुलिङ पिरियडको भाषामा हेरफेर भएपछि यसको विरोध भएको हाे ।

यसै क्रममा कांग्रेस सांसद डा‍. चन्द्र भण्डारीले सीमित व्याक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै संशय प्रकट गरेका छन् ।

उनले लेखेका छन्-‘सांसदमा सांसदलाई समेत ढाँट्ने छल्ने र किर्ते गर्ने गरे पछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी गर्नु पर्दछ । कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुँदैन !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖