• Tuesday 27th of October 2026

भिजिट भिसा प्रकरणमा डीपी अर्याललाई छानविनको दायरामा ल्याउन माग गर्दै उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ असार । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई छानविनको दायरामा ल्याउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेलले अर्यालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

‘कागजात नपुयाई आर्थिक सेटिङको भरमा अध्यागमन कार्यालयमार्फत नागरिकलाई भिजिट भिसामा विदेश पठाउने र उनीहरु उतै बस्ने कार्यले मानव तस्करी भएको अवस्था छ ।

अत प्रतिनिधि सभा सदस्य डिपी अर्याल पनि सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि.का संचालक भई हालसम्म वर्षौंदेखि हज्जारौं नेपाली नागरिक भिजिट भिसामा जापान पठाएको भन्ने कुरा प्रतिनिधि सभा बैठकमै स्वीकार गरेको हुँदा हालसम्म उहाँको कम्पनीले के कति संख्यामा के कस्तो प्रक्रिया पुरा गरी के कस्तो कागजात पेश गरी भिजिट भिसामा नागरिकलाई पठाएको हो ? अनि को को व्यक्ति भिजिट भिसामा गए अनि को फर्किए ? भन्ने विवरण समेत आवश्यक परेकोले सो वारेमा पनि छानविन गर्न सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष प्रस्तुत निवेदन पेश गरेको छु,’– उजुरीमा भनिएको छ ।

भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने मागसहित रास्वपाले संसद् अवरोध गरिराखेको छ । रास्वपाले सदन अवरोध गरिराखेको बेलामा सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि. डीपी अर्यालले सञ्चालन गरेको विषय बाहिर आएको हो । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्सको विषय बाहिर ल्याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖