• Tuesday 27th of October 2026

एलिना र समीक्षालाई गुहमन्त्रीले न्याय दिलाउँछु भनेपछि सांसद ज्ञानेन्द्र शाही भन्छन् – गृहमन्त्री ज्यु पहिला निर्मला पन्तलाई न्याय दिनुहोस त्यसपछि फोक्सिङ गफ हान्नुहोला


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई दिएर टिप्पणी गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै शाहीले आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्।

उनले लेखेका छन्,’एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कार पछि हत्याको सिकार हुँदा त न्याय नदिएकाले गायिका बहिनीहरूलाई न्याय दिन्छन् रे ?’

सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले मंगलबार नै गृहमन्त्री रमेश लेखकसँग भेटका थिए।

उनले आफूहरूले दुर्व्यवहार भोगिरहेको विषयमा आवश्यक सहयोग प्रदान गर्न गृहमन्त्रीलाई विशेष धन्यवाद समेत दिएका छन्।

राप्रपा सांसद ज्ञानेन्द्र शाही भन्छन् –

एलिना र समीक्षालाई न्याय दिलाउँछु भनेछन् गृहमन्त्री ज्युले आफ्नै जिल्लाकी निर्मला पन्तको बलात्कार पछि हत्याको सिकार हुँदा त न्याय नदिएकाले गायिका बहिनिहरुलाई न्याय दिन्छन् रे ?

माननीय गृहमन्त्री ज्यु पहिला निर्मला पन्तलाई न्याय दिनुहोस त्यसपछि फोक्सिङ गफ हान्नुहोला ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖