• Tuesday 27th of October 2026

“रुपन्देही–३ बाट नयाँ इतिहास रच्ने हो!” – सागर ढकाल


  • धनकुटा खबर
  • .

डडेल्धुराबाट शेरबहादुर देउवासँग पराजित भइसकेका स्वतन्त्र युवा नेता सागर ढकालले अब रुपन्देही–३ बाट चुनाव लड्ने संकेत गर्दै एक भावुक र आक्रोशपूर्ण सन्देश सार्वजनिक गरेका छन्। उनले लेखेका छन्:

“चितवन–२ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही–३ मा करिब ९०,००० मत छन्। त्यसमा हामीले ६२,००० मत पार गर्नु छ – अनि नेपालको इतिहास रच्नु छ।”
सागरले कांग्रेस, एमाले र माओवादीलाई एउटै राणा सोच बोकेको झोले प्रणालीको निरन्तरता भन्दै ती पार्टीहरूको अन्त्य अब जनताले गर्नुपर्ने बताए।

उनको भनाइमा खास गरी नारायणगढ–बुटवल सडक खण्डको बेवास्ता, कुलमान घिसिङविरुद्ध गरिएको दुर्व्यवहार, तथा अदालतको झोलेकरणप्रति तीव्र असन्तुष्टि झल्किन्छ।

“यो चुनाव जनता भर्सेस राणा शासन हो। अब सफा चट् – क्लिन स्विप गरेर नयाँ नेपाल बनाउने हो!”

सागर ढकालले यो चुनाव सिर्फ क्षेत्रीय हैन, राष्ट्रिय ल’डाइँ भएको बताउँदै, रुपन्देही–३ का जनतालाई देशको आवाज बन्न तयार रहनुहोस् भनेर आह्वान गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖