काठमाडौँ । रुपन्देही-३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ ।
मंगलबार मात्रै सागर ढकालले फेसबुक स्ट्याटस लेख्दै रुपन्देही-३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही-३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाइँ भएको उल्लेख गरेका छन् ।
उनले देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्न मतदातालाई आग्रह गरेका छन् । ‘नेपाली जनताले जित्ने मात्र होइन सफा चट क्लिन स्विप गर्ने हो, सफा चट ’ उनले लेखेका छन् ।
