कुलमान घिसिङले राजनीतिमा प्रवेशको संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्न लागेका छन्।
“विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु,” भन्दै कुलमानले लेखेका छन्, “तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न।”
नेताजस्तै शैलीमा लेख्दै उनले भनेका छन्- तपाईंहरूको भोगाइ बुझ्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन आउँदैछु।
देशले तपाईंलाई सम्झिएको छ भन्दै उनले सबैलाई सुरक्षित, अनुशासित र सकारात्मक रहन आग्रह गरेका छन्।
