• Tuesday 27th of October 2026

कांग्रेस बैठकमा मोहन बस्नेतको आक्रोश: गगन जी सबै नेतालाई समाउन लाउनुस्


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। तीन दिनदेखि चलिरहेको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राखिरहेका छन्।

यस्तोमा बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले धारणा राखे। धारणा राख्दा उनले महामन्त्री गगन थापामाथि आक्रोश पोखेको एक केन्द्रीय सदस्यले बताए।

‘उहाँ(बस्नेत)ले महामन्त्रीमाथि आफू विरुद्ध लागेको आरोप लगाउनुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘संसदमा बोल्दा गगनजीले टेरामक्सलाई बढी उछालेर आफूलाई फसाउन खोजेको उहाँको गुनासो देखियो।’ उनले आफू विरुद्ध लाग्नेलाई सचेत रहन चेतावनी पनि दिएको ती सदस्यले बताए।

यस्तै बस्नेतले गगनको नामै लिएर ‘तपाईँ सबै नेतालाई समाउन लगाउनुस्, अनि नेता बन्नुहुन्छ’ भनेर बोलेको पनि ती सदस्यले जानकारी दिए।

खोजी गर्दै गए नेपालमा कोही नेता पनि सङ्लो नदेखिने भन्दै बस्नेतले पाकिस्तानको मोडलमा देशलाई लैजान खोजेको पनि टिप्पणी गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टेरामक्स घोटाला प्रकरणमा भर्खरै बस्नेतमाथि पनि अभियोजन गरेको थियो। विशेष अदालतले बस्नेतसँग पुर्पक्षका लागि २५ लाख धरौटी मागेर छाडेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖