• Tuesday 27th of October 2026

गगनले गर्दा मलाई अख्तियार लाग्योः मोहन बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको बताएका छन् ।

आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको बताएका हुन् । । महामन्त्री थापाकै कारणले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको उनले बताए । ‘गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो,’– बैठकमा नेता बस्तेनले भने ।

साथै, उनले ढिलोचाडो सबैको पालो आउने बताउँदै ‘तपाईँ कहाँ जानुहुन्छ ?’ भन्दै महामन्त्री थापालाई प्रश्न गरे । उनले पार्टीमा सग्लै चोखिनेवाला कोही पनि नरहेको बताए । उनले आफूले सिन्धुपाल्चोकमा एक्लै लडेर पार्टीको संगठन बनाएको पनि बताए ।

माओवादीसँग सिन्धुपाल्चोकमा एक्लै लडेर संगठन बनाएको नेतामाथि केन्द्रीय नेतृत्व खनिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖