• Tuesday 27th of October 2026

ओलीले गरे परदेशबाटै देउवा गदगद हुने कुरा


  • धनकुटा खबर
  • .

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवा गदगद हुने कुरा गरेका छन् ।

ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।

प्रवासी नेपाली मञ्च युरोपका अध्यक्ष मुक्तबहादुर गुरुङका अनुसार, प्रधानमन्त्री ओलीले भने, ‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो।अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन्। त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ।’

ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए। ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, अध्यक्ष गुरुङले ओलीको भनाइ उद्धृत गर्दै बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖