• Tuesday 27th of October 2026

रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए


  • धनकुटा खबर
  • .

रास्वपा सभापति रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिएका छन् ।

रास्वपाले चलाएको प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत सई कमल खड्कालाई आवश्यक छानविनका लागि प्रहरी प्रधान कार्यालयमा झिकाइएको बुझिएको छ ।

सई खड्काले नेपाल प्रहरीको बर्दीसहित हस्ताक्षर गरिरहेको भिडियो सार्वजनीक भएको थियो । सई खड्काले रास्वपाले नेपालगन्जमा चलाएको हस्ताक्षर अभियानमै पुगेर हस्ताक्षर गरेका थिए ।

यो अभियानमा पूर्व प्रधानमन्त्रीदेखि केही अभिनेतासम्मले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖