• Tuesday 27th of October 2026

मन्त्रालय साट्दै एमाले र कांग्रेस, अर्थमन्त्री पौडेलको पद धरापमा


  • धनकुटा खबर
  • .

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय साट्फेर गर्ने भएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेललाई हटाएर गृहमन्त्री रमेश लेखकलाई अर्थमन्त्रालय सरुवा गर्दै एमालेबाट नयाँ गृहमन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री केपि शर्मा ओली रहेको सूचना छ ।

प्रधानमन्त्री कार्यालयकै गोप्य सूचना अनुसार साउन पहिलो साता लेखकलाई अर्थमा तानेर एमालेबाट नयाँ गृहमन्त्री ल्याउने ओलीको योजना छ । ओलीको योजनामा देउवा पनि सहमत भइसकेको बताइएको छ । ‘मानव तस्करी’ को लहरो गृहमन्त्री रमेश लेखकसम्म जोडिएपछि ओलीले हटाउने तयारी गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको अडानका कारण हटाउनभन्दा सुरुवा गर्न ओली तयार भएका हुन् । लेखक मन्त्री भएपिच्छे उनको सचिवालयमा बद्री तिवारी, जनक भट्टदेखि गणेशदत्त ओझा र विमल पौडेलहरू पुग्ने गरेको सूचनापछि ओलीले गृहमन्त्रीलाई संकाको घेरामा रखेका थिए ।

त्यही बेलामा अघिल्लो रात सहसचिव तीर्थ भट्टराई कास्कीको प्रजिअ बन्ने गरी गृहमा फर्काइनु र यसअघि भिजिट भिसा प्रकरणमा एक लाख धरौटी तिरेर उन्मुक्ति पाएका शाखा अधिकृत विमल पौडेललाई गृहको एउटा कोठाबाट अर्को कोठामा सारिनुले पनि ‘दालमें कुछ काला’को शंकालाई बल पुर्‍याएको अख्तियार नेतृत्वको ठहर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖