• Tuesday 27th of October 2026

सरकारबाट बाहिरियो नाउपा


  • धनकुटा खबर
  • .

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेको हो।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ। नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्। मन्त्री चौधरीले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताइएको छ।

सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा संघीय सरकारबाट बाहिरिने निर्णय गरेको हो। यसअघि पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖