• Tuesday 27th of October 2026

रास्वपाले जनताको मन जित्दै गएपछि पुराना दल आत्तिए: सोबिता गौतम


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले देशको समृद्धि र परिवर्तनका लागि राजनीतिमा सुधार अनिवार्य रहेको बताएकी छन्। उनले भनेकी छन् कि स्वच्छ राजनीति निर्माण जनमतबाट मात्र सम्भव छ।

चितवनमा आयोजित “राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियान” मा बोल्दै गौतमले राजनीतिक शुद्धिकरणको आवश्यकता औंल्याइन्। मतदानको महत्त्व बुझ्न र देश परिवर्तनमा नागरिकको सक्रियता आवश्यक रहेको बताइन्। नागरिकको योगदान नेताजत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरिन्।

उनले भनिन “रास्वपा सभापति रवि लामिछानेलाई दबाउन झुटा मुद्दा लगाएर, कानुनको दुरुपयोग गर्दै कारागारमा राखिएको छ।” रास्वपाको बढ्दो जनसमर्थन देखेर पुराना दलहरू आत्तिएको दाबी गरिन्।

सांसद गौतमले राजनीतिक शुद्धिकरण, जनताको भूमिका, र रवि लामिछानेमाथिको कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै, नागरिकलाई आगामी चुनावमा सजग र उत्तरदायी बन्न आव्हान गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖