• Monday 5th of October 2026

उर्फीको ओठ सुन्निएको भिडियोले फ्यान चिन्तित


  • धनकुटा खबर
  • .

अभिनेत्री उर्फी जावेदले इन्स्टाग्राममा एक भिडियो सेयर गरेपछि उनका फ्यान चिन्तित भएका छन्। भिडियोमा उर्फीको अनुहार र ओठ सुन्निएको देखिन्छ। सोही कुरा देखेर उनका फ्यानहरू के भयो भनेर चिन्तित भएका हुन्। उर्फीले आफ्नो पोस्टको क्याप्सनमा यसको कारणबारे खुलासा गरेकी छिन्।

उर्फीले आफ्नो ओठको फिलर हटाउने निर्णय गरेको जानकारी गराएकी छिन्। उनको ओठमा धेरै वर्षदेखि फिलरहरू थिए, तर ती सधैं सही ठाउँमा थिएनन्। जसकारण उनले धेरै समस्याको सामना गरिरहेकी थिइन्। त्यसैले उनी एक विश्वसनीय डाक्टरकहाँ गइन् र यो उपचार गराइन्। भिडियोमा डाक्टरले उनको ओठमा सुई लगाइरहेको देखिन्छ। उर्फी पीडाले कराउँदै छिन्। उनको अनुहार र ओठ सुन्निएका छन्। यद्यपि उनी मुस्कुराइरहेकी देखिन्छिन्।

भिडियो सेयर गर्दै उर्फीले क्याप्सनमा लेखिन्, ‘होइन, यो फिल्टर होइन। मैले मेरो ओठको फिलर हटाउने निर्णय गरें, किनकि ती सधैं गलत ठाउँमा राखिएका थिए। म फेरि ओठको फिलर उपचार गर्नेछु, तर स्वाभाविक रूपमा। म फिलरहरूलाई अस्वीकार गरिरहेकी छैन।

तर यसलाई हटाउने काम धेरै पीडादायी छ।’ उर्फीले १८ वर्षको उमेरमा लिप फिलर उपचार गराएकी थिइन्। अब नौ वर्षपछि उनी लिप फिलर निकाल्दै छिन्। आफ्नो अनौठो फेसन सेन्सका कारण चर्चित जावेदले विभिन्न रियालिटी शोमा भाग पनि लिएकी छिन्।एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖