काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले दुईजनालाई राखेर मिलापत्र गराएको हो ।
गतसाता यी दुईबीच झगडा र असमझदारी भएका खबर मिडियामा आएका थिए ।
पछिल्लो घटनापछि साङबुङ उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन् । उजुरी प्राप्त भएपछि दुबैजनालाई राखेर मिलापत्र गराइएको प्रहरी वृत्त बानेश्वर स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार दुबैजनाले एकअर्काको जीवनमा हस्तक्षेप र झगडा नगर्ने कुरामा सहमति जनाएका छन् । यसअघि पनि राजेशपायल र पूर्वपत्नीको विवाद प्रहरीकहाँ पुगिसकेको छ ।
राजेशपायल र साङबुङको तर्फबाट एक छोरा सायरेम छन् ।
