• Tuesday 27th of October 2026

ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो : ढकाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राखिरहेका छन् । यसैक्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्व गरेपछि पार्टीको पहिचान बदलिएको दाबी गरेकी छन् ।

उनले २०५६ देखि २०७० सम्म एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गर्दै २०७१ मा भएको नवौँ महाधिवेशनमार्फत ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताइन् ।

२०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रूपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको ढकालको भनाइ छ ।

आफ्नो धारणा राख्ने क्रममा उनले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रूपमा विकास गर्नका लागि पनि ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको बताइन् ।

‘राजनीतिक नेतृत्व उमेरका कारण भन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुन्छ । सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य छ’, ढकालले बैठकमा भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖