• Tuesday 27th of October 2026

एमाले बैठक अन्तिम चरणमा, १३१ जनाले बोले


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।

बैठकको दोस्रो दिन आज १३१ जनाले विधान महाधिवेशनमा लगिने प्रस्तावहरुमाथि धारणा राखेका छन् । बैठकको पहिलो दिन हिजो ४९ जनाले बोलेका थिए ।

अहिले आयोगका अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । आयोगका अध्यक्षहरुको प्रतिवेदन प्रस्तुतिपछि अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राख्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖