प्रधानमन्त्री ओली भन्छन् –
शुभ बिहानी !
दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ ।हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।
आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ।
आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।
