• Tuesday 27th of October 2026

सरकारसँग विद्युत् प्राधिकरणले लियो ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो ।

अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

कार्यकारी निर्देशक शाक्यले नगद अभावका कारण ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न ठेक्काको भुक्तानी गर्न सुरु गरिएको बताए ।

उनले भने,‘ आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छ । उक्त ऋण विभिन्न परियोजना तथा बाँकी भुक्तानीका लागि प्रयोग गरिरहेका छौँ । उनका अनुसार सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।

यस्तै, प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको बताए । कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद अभाव भएको र देशभर गुणस्तरीय विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने भएकाले सरकारसँग ऋण लिएर काम थाल्ने बताए ।

उनले विद्युत् प्रसारण लाइन क्षमता वृद्धिको लागि ऋण लिनै पर्ने भएकाले प्राधिकरणले ऋण लिएको बताए । उनले यति बेला प्राधिकरण सबैतिरबाट चेपुवामा रहेको भए पनि ब्याज सस्तो हुँदा ऋण दिन सहज अवस्था रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖