• Monday 26th of October 2026

रविमाथि ओलीको आक्रोश: बैंक ठगी आफू गर्छन्, ७ वटा अदालतले थुनेको छ, गाली हामीलाई गर्छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका नेता कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठगेर ७ वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको बताएका छन् ।

आज ९शुक्रबार० पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले करोडौंको ठगी गरेकाहरुको पछाडि पनि मान्छे लागेको देख्दा अचम्म लागेको बताएका हुन् ।

‘लहैलहैको पछाडि मान्छे कसरी कुद्छन् रु नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा । करोडौंको ठगी गरेको छ, यो बैंक, त्यो बैंक । चारैतिर ठगी गरेको छ ।

सातवटा अदालतले थुनेर कारबाही गर्नुपर्ने भन्ने फैसला गरेको छ । गाली हामीलाई गर्छन् । बैंक ठगी आफू गर्छन्, गाली हामीलाई गर्छन् । त्यस्ताका पछि पनि मान्छे कुदिराखेका छन् । कस्तो दुनियाँ हो ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖