• Monday 26th of October 2026

जसपाबाट मन्त्री बन्दै महतो र झा


  • धनकुटा खबर
  • .

काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघ सरकारमा नयाँ मन्त्री पठाउने भएको छ । हाल कायम जसपातर्फका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले बाह्रखरीसित भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”

हाल जसपाका तर्फबाट खानेपानी मन्त्री प्रदीप यादव छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडी छन् । यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानी मन्त्री बनाउने तयारी छ । रञ्जुकुमारी झालाई महिला मन्त्री बनाउने गरी पहिल्यै नाम पठाइएको उपाध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖