• Monday 26th of October 2026

२३ जिल्लामा नयां इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठुलो सङ्ख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖