काठमाडौँ । कलाकार केदार प्रसाद घिमिरे घाइते भएका छन् ।
मंगलबार ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको छ ।
उनी अभिनित चलचित्र माग्ने राजा अहिले प्रदर्शनमा छ । उनी हातमा चोटका बाबजुद पनि हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।
