• Saturday 24th of October 2026

संसद् भवनबाहिर प्रधानमन्त्री ओलीविरूद्ध चर्को नाराबाजी, निरन्तर अश्रुग्यास र गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीविरुद्ध प्रहरी दमन भएको छ ।

जेनजीले निषेधित क्षेत्र अर्थात नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरिरहेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर अश्रुग्यास प्रहारका साथै गोली समेत चलाइरहेको छ ।

प्रहरीको गोली लागेर हालसम्म २ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

प्रदर्शनकारीले बानेश्वरका सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖