काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं चिकित्सक डा. तोसिमा कार्की घाइतेको उपचारका लागि खटिएकी छन् ।
नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइते भएकाहरुमा अधिकांशलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
डा. कार्की सिभिल अस्पताल पुगेर उपचारमा खटिएकी छन् । चिकित्सकको एप्रोन ड्रेस लगाएर उनी उपचारमा संलग्न रहेकी छन् ।
प्रहरीको गोलीबाट एक सय भन्दा बढी सिभिल अस्पतालमा उपचारत छन् । उक्त अस्पतालमा उपचारत तीन जनाको मृत्यु भएको छ ।
