• Saturday 24th of October 2026

प्रधानमन्त्री-गृहमन्त्री राजीनामा माग्दै एमाले निकट अनेरास्ववियु उपसचिवले पार्टी छाडे


  • धनकुटा खबर
  • .

जेनजी युवा समूहको आन्दोलनमाथि भएको व्यापक दमनको विरोधमा एमाले निकट अखिल अछामका जिल्ला उपसचिव मनोज रावलले पार्टी छाडेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन्।

मनोज रावलले नुवाकोट एक्सप्रेसलाई पठाएको सन्देशमा लेखेका छन्:
‘आजको मिति देखि अनेरास्ववियु जिल्ला कमिटी अछामको सम्पूर्ण जिम्मेवारी र उपसचिव पदबाट राजिनामा दिएको जानकारी गर्दछु। आफ्नै आँखा अगाडि विद्यार्थीलाई गोली लागेर मरेको देख्दा मन् थाम्न सकिन। देशलाई गुमनाममा राखेर भ्रष्टहरूले शासन गरिरहेको देशमा युवाको आवाज दबाउन खोज्ने र आवाज उठाउन खोज्दा युवामाथि गोली प्रहार गर्ने नालायक सरकार मुर्दाबाद। प्रधानमन्त्री र गृहमन्त्री राजीनामा दे।’

यस घटनापछि नुवाकोटका युवाहरूले पनि धमाधम एमाले छाडिरहेका छन् । विदुरका सुरेश भण्डारी, शिवपुरीका जितसिंह खड्का लगायतले पार्टी छाडेका छन्।

सोमबार जेनजी युवा, अर्थात् १३ वर्षदेखि २८ वर्षसम्मका युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा विद्यार्थी र युवा सहभागीलाई प्रहरीले गोली प्रहार गरेको र २० जनाको हत्या गरेको भन्दै युवा वर्ग आक्रोशित देखिएका छन्।

बढ्दो दबावपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्, भने प्रधानमन्त्री ओलीको पनि राजीनामा माग भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖