• Saturday 24th of October 2026

क्याबिनेटमा प्रधानमन्त्रीको ब्रिफिङ : जेनजीको आन्दोलनमा घुसपैठ गरेर हिंसा भड्काइयो


  • धनकुटा खबर
  • .

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा घुसपैठ गरेर हिंसात्मक घटना हुन पुगेको ब्रिफिङ गरेका छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजीले आन्दोलन गर्न पाउने भन्दै उनीहरूको शान्तिपूर्ण आन्दोलनमा ठुलै घुसपैठ भएको बताएको एक मन्त्रिले जानकारी दिए ।

उनका अनुसार जेनजीको आन्दोलनमा घन, कैँचीजस्ता हतियार समेत लगेको भन्दै त्यस्ता हतियार जेनजीले नलगी अन्य तत्त्वहरूले लगेको बताएका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले जेनजीपुस्तालाई कतिपयले प्रयोग र दुरुपयोग गरेको समेत बताएका छन् । जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖