• Thursday 22nd of October 2026

नेम्वाङको प्रतिबद्धता : आफ्नो नेतृत्वमा भएका कमजोरी स्वीकार्दै गल्तीको जिम्मेवारी लिने र जनतालाई माफी मागेर सुधार्ने


  • धनकुटा खबर
  • .

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २४ गतेको जेनजी विद्रोहपछिका आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन अपिल गरेका छन्।

उनले आफ्नै सन्तान जेनजी भएकाले उनीहरूको भावनालाई सम्मान गर्नुपर्ने र उत्तेजनापूर्ण आरोप नगर्न आग्रह गरे।

नेम्वाङले आफ्नो नेतृत्वमा भएका कमजोरी स्वीकार्दै गल्तीको जिम्मेवारी लिने र जनतालाई माफी मागेर सुधार्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले संवैधानिक मार्गदर्शन अनुसार आन्दोलनका माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै, भविष्यमा आवेग र प्रतिशोधको राजनीतिबाट टाढा रहन सबैलाई सचेत गराए।

उनले वर्तमान सरकारलाई पनि अपिल गर्दै, संविधान र व्यवस्था सुरक्षित राख्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबैको साझा जिम्मेवारी भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖