• Thursday 22nd of October 2026

भाटभटेनीमा कसैको जागिर नगुम्ने, दसैँ भत्ता पनि दिइने


  • धनकुटा खबर
  • .

काठमाडौँ। गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ।

देशभरका २८ मध्ये २२ वटा शाखामा भएको आक्रमणबाट १२ वटा शाखा तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्। यीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर र बालुवाटारका पाँच शाखा तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सात शाखा पुनर्निर्माणपछि मात्र खुल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖