• Thursday 22nd of October 2026

अरुसंग नभेटेका सुदनले किन भेटे गगनलाई ?


  • धनकुटा खबर
  • .

काठमाडौं – आज असोज ३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजित गरे। कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरू, साथै नागरिक अगुवा समेत उपस्थित थिए।

सो अवसरमा ‘हामी नेपाल’ गैरसरकारी संस्थाका सुदन गुरुङ पनि सहभागी भएका थिए। गुरुङ भदौ २३–२४ मा भएका जेनजी आन्दोलनपछि चर्चामा आएका हुन् र हाल जेनजी आन्दोलनको प्रतिनिधिको रूपमा विभिन्न कार्यक्रममा उपस्थित हुने गरेका छन्।

कार्यक्रमको दौरान, गुरुङले नेपाली कांग्रेसका महामन्त्री गनगकुमार थापासँग शीतलनिवासकै प्रांगणमा करिब ४ मिनेट लामो संवाद गरेका थिए। गुरुङले नेपालखबरसँगको संवादमा भने, “ती छोटो भेटमा मैले थापासँग जेनजी आन्दोलनपछि प्राप्त उपलब्धिलाई सुरक्षित राख्न सहयोग गर्न अनुरोध गरेँ। मैले भन्न खोजेको कुरा यो हो कि पुराना तरिकाले अब हुँदैन, अबको मार्ग फरक हुनुपर्छ।”

थापाले पनि जेनजी आन्दोलन र त्यसपछि सिर्जित परिवेशलाई नजिकबाट नियालिरहेको बताए। उनले कांग्रेसभित्र जेनजीको मागलाई सम्बोधन गर्दै, आन्दोलनको शैलीअनुसार पार्टीमा परिवर्तन ल्याउन काम सुरु गरेको गुरुङले सुनाए। गुरुङले थापासँगको संवादले आफूलाई खुसी बनाएको उल्लेख गर्दै, अन्य नेतासँग सो अवसरमा कुराकानी नभएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖