• Thursday 22nd of October 2026

क्यानडा र मेक्सिकोले अमेरिकालाई गरे नाकाबन्दी


  • धनकुटा खबर
  • .

मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफसम्बन्धी धम्कीका बिचमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बिहीबार आफ्नो व्यापार सम्बन्धलाई अझ बलियो बनाउने घोषणा गरेका छन् ।

उनीहरूले पश्चिमी गोलार्द्धको सबैभन्दा महत्त्वपूर्ण स्वतन्त्र व्यापार सम्झौता (एफटीए)लाई जीवित राख्ने वाचा पनि गरे । यो एफटीएको समीक्षा आगामी वर्ष हुने भएको छ । पश्चिमी गोलार्द्धमा उत्तर र दक्षिण अमेरिका, क्यानडा, मेक्सिको र केही पश्चिम अफ्रिकी क्षेत्रहरू समावेश छन् ।

क्यानडाका प्रधानमन्त्री बनेपछि कार्नीको यो पहिलो मेक्सिको भ्रमण हो । दुई नेताहरूको भेट यस्तो समयमा भएको हो जब यो क्षेत्र आर्थिक उथलपुथलको सामना गरिरहेको छ । कार्नी र शेनबाउमले मेक्सिकन राष्ट्रपति दरबारमा हात मिलाए र त्यसपछि सँगै बैठकमा प्रवेश गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प यो बैठकमा उपस्थित थिएनन् । तर बैठकभर उनको व्यापार नीति र अनिश्चितता छलफलको केन्द्रबिन्दुमा रह्यो ।

‘उत्तर अमेरिका विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र हो । यसलाई सबैभन्दा प्रतिस्पर्धी आर्थिक क्षेत्र मानिन्छ र यसको प्रमुख कारण क्यानडा र मेक्सिको बिचको सहकार्य हो । हामी अमेरिकासँग मिलेर काम गर्छाैं, जसले यसलाई अझ बलियो बनाउँछ । सँगै, हामी अझ बलियो हुन्छौँ’ बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्नीले भने ।

कार्नी र शेनबाउमबीचको बैठकको मुख्य विषय अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौता थियो । यसको समीक्षा २०२६ मा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖