• Thursday 22nd of October 2026

यदि मेरो ज्यानमा कुनै कारणले समस्या आयो भने यसको प्रत्यक्ष जिम्मेवार महेश बस्नेत हुनेछन् :पत्रकार शाक्य


  • धनकुटा खबर
  • .

पत्रकार टेकमान शाक्यले पूर्वमन्त्री महेश बस्नेतमाथि गम्भीर आरोप लगाएका छन्। शाक्यका अनुसार बस्नेत र उनीसँग सम्बन्धित व्यक्तिहरूले आफूमाथि हत्या योजना बनाएको दाबी गरेका छन्।

शाक्यले सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरेको भिडियोमा आफूमाथि आएको धम्की र योजनाबारे जानकारी दिएका छन्। उनले बस्नेतसँग नजिक रहेका व्यक्तिबाट प्राप्त अडियो कलको रेकर्ड समेत प्रस्तुत गर्दै आफूलाई मार्ने षड्यन्त्र भएको दाबी गरेका हुन्।

उनले भनेका छन्, “यदि मेरो ज्यानमा कुनै कारणले समस्या आयो भने यसको प्रत्यक्ष जिम्मेवार महेश बस्नेत हुनेछन्।”

शाक्यले आफूले प्रसारण गरेका समाचार सामग्रीका कारण बस्नेत असन्तुष्ट भएको र त्यसकै आधारमा हत्या प्रयाससम्म गरिएको आरोप लगाएका छन्। भिडियोमा बस्नेतले दिएको धम्की तथा उनको शुभचिन्तक भनेर चिनिएका एक व्यक्तिले गरेको हत्या धम्कीसमेत समावेश गरिएको दाबी शाक्यले गरेका छन्।

यस घटनाबारे बस्नेत पक्षको कुनै आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।-हिमाली पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖