काठमाडौ । जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीको सारथी बनेकी छन् ।
अहिले बालुवाटारमा सुमना प्रधानमन्त्री सुशीलासँगै मन्त्रीहरु सँग भेटघाटमै व्यस्त गरेकी छन् । उनी जेनजीको तर्फबाट मन्त्रीका सम्भावित नामबारे लिएर योग्य र विज्ञलाई मन्त्री बनाउँनका लागि छलफल गरिरहेकी छन् ।
आफू रास्वपामा रहन असफल भएपनि जेनजीको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सफल बनाउँन कसरत गरिरहेकी छन् ।
मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेकी सुमना राजनीतिक सल्लाहकारको भूमिकामा चहलपलहको चर्चाले सिंहदरबारमा नयाँ तरंग नै पैदा गरेको छ ।
