काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्याललाई जोडेर लेखिएको ‘पदभार सम्हालेको भोलिपल्टै ४८ करोडको प्रहरी पोसाक खरिद घोटाला’को समाचारलाई सरकारले पूर्णतः भ्रामक भनेको छ।
मन्त्रीले पदभार ग्रहण गरेको दिन करोडौँको खरिद निर्णय व्यवहारतः असम्भव देखिँदा, अघिल्लो सरकारको सेटिङ हतारमा टुंग्याइएको शंका बलियो बनेको छ।
गृह मन्त्रालयले यसबारे मन्त्रीलाई पनि थाहा नभएको पुष्टि गर्दै, गृहमन्त्रीको नाम मुछेर बदनाम गर्ने प्रयास भएको र जनता आफै सचेत रहेकाले के ठिक के बेठिक भनेर अथ्र्याउन सक्ने जनाएको छ। खरिद प्रक्रियामा अनियमितता देखिएमा संलग्न अधिकारीहरू कानूनी कारबाहीबाट बच्न नसक्ने समेत गृहले स्पष्ट पारेको छ ।
जेनजी युवाको बलिदान र योगदानबाट बनेको यो सरकार देश र जनताको हितमा अडिग रहनेछ, एक रत्ती पनि दायाँबाँया गरिने छैन।, गृहमन्त्री अर्यालले ग्यालेक्सीखबर डटकमलाई संक्षिप्त प्रतिक्रिया दिदै भने।
यता आम जनताले समेत सामाजिक सञ्जालमा १ः३० बजे सपथ लिएर करिब ३ बजे पदभार ग्रहण गरेका मन्त्रीले सोही दिन यत्रो निर्णय गरे भनेर कसरी अनि कसले पत्याउनु, यो समाचार बदनियतले लेखेको प्रष्ट देखिन्छ भन्दै प्रतिक्रिया दिइरहेका छन् ।
