जेनजी आन्दोलनमा एसियाकै टप इन्जिनियर भनेर चिनिने हितेन्द्र शाक्यको घर जलाइयो । घर जलेपछि उनकी श्रीमती ट्रमामा छिन् ।
घरको अवस्था देखेर स्तब्ध बनेका उनले अहिले आफ्नो फेसबुक प्रोफाइलमै जलेको घरको फोटो राखेका छन् ।
कुलमानको ठाउँमा आएर राम्रै काम गरिरहेका थिए, तर नयाँ सरकार आएपछि बिद्युत प्राधिकरणबाट अचानक हटाइए ।
उनलाई केपी ओलीको सालो भनेर प्रचार गरिएको थियो तर ओली परिवार सङ्ग आफ्नो कुनै पनि सम्बन्ध नरहेको उनले बताइसकेका थिए । तर पनि हल्लाको भरमा उनको घर जलाइयो ।
अहिले हितेन्द्र निराश हुदै भन्छन्: म थाके हो ।
