• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै


  • धनकुटा खबर
  • .

इस्लामबाद, २९ साउन । पाकिस्तानले चन्द्रमामा ‘जिन्ना’ पठाउने तयारी गरिरहेको छ।

 

वास्तवमा, पाकिस्तान अब चन्द्रमाको सतहसम्म पुग्ने दौडमा आफ्नो पहिलो पाइला चाल्न अग्रसर हुँदैछ। 

पाकिस्तानले त्यहाँ आफ्नो पहिलो लुनार रोभर ‘जिन्ना १’ पठाउने तयारी गरिरहेको हो । उल्लेखनीय कुरा के छ भने यो रोभर पाकिस्तानको आफ्नै रकेट प्रयोग गरेर प्रक्षेपण गरिने छैन् । बरु, पाकिस्तानले सन् २०२९ मा चिनियाँ रकेटको सहयोगमा यसलाई पठाउने योजना बनाएको छ।

 

चीनको ‘चाङ ई ८’ मिसनको साथमा ‘जिन्ना १’ नामक रोभरलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ। यसलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गराउने र त्यहाँ वैज्ञानिक अनुसन्धान गर्ने योजना छ। चन्द्रमाको यस क्षेत्रमा आवतजावत वा सञ्चालन अत्यन्त कठिन मानिन्छ । यहाँको भू–बनोट चुनौतीपूर्ण भए तापनि पानीको बरफ फेला पर्ने सम्भावना भने छ।

 

‘जिन्ना १’ ले चन्द्रमाको सतहको बनावट र भू–गर्भको अध्ययन गर्ने दाबी गरिएको छ। साथै, यसले भविष्यमा हुने चन्द्र अनुसन्धानसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण प्रयोगहरू पनि सञ्चालन गर्नेछ। यस अघि सुपार्कोले सन् २०२४ का लागि चीनको ‘चाङ ए ८’ मिसनसँग सहकार्य गर्ने घोषणा गरेको थियो। गल्फ न्युजका अनुसार पाकिस्तानले यस सम्झौतालाई आफ्नो अन्तरिक्ष कार्यक्रमका लागि एक ठूलो उपलब्धिका रूपमा वर्णन गरेको छ।

इस्लामावादमा आयोजित एक कार्यक्रममा पाकिस्तानको अन्तरिक्ष निकाय ‘सुपार्को’ ले राष्ट्रव्यापी प्रतिस्पर्धाबाट ‘जिन्नाह १’ नाम छनोट गरिएको घोषणा गर्‍यो। यस प्रतिस्पर्धाका लागि करिब ४ हजार नामहरू प्रस्ताव गरिएका थिए। सुपार्कोका अनुसार सात जना व्यक्तिले ‘जिन्नाह १’ नाम सुझाएका थिए र त्यसपछि ‘लक्की ड्र’ अर्थात भाग्यमा आधारित छनोट प्रक्रियामार्फत विजेताको टुंगो लगाइएको थियो। सुपार्कोले जनाए अनुसार यो नाम प्रस्ताव गर्ने बहावलनगरका १७ वर्षीय तय्यब करिम विजेताका रूपमा छानिएका थिए।

 

सुपार्कोका अध्यक्षका अनुसार पाकिस्तानका संस्थापक कायद ए आजम मुहम्मद अली जिन्नाको सम्मानमा  ‘जिन्ना १’नाम चयन गरिएको हो। यो नामले अन्तरिक्ष क्षेत्रमा अघि बढ्ने पाकिस्तानको उद्देश्य, प्रगति र नयाँ प्रयासहरूलाई पनि झल्काउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖