• Monday 5th of October 2026

सैनिक हेलिकप्टरबाट ३३६ जनाको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र रसुवाको टिमुरे र मैलुङमा नेपाली सेनाले उद्धार तीव्र बनाएको छ ।

धुन्चेका प्रभावितहरूलाई पनि उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले बिहीबार बिहानदेखि हेलिकप्टरमार्फत ४५ जना विदेशीसहित ३३६ जनालाई उद्धार गरेको छ । उद्धार गरिएका विदेशीहरू विभिन्न ६ मुलुकका छन् ।

खोज तथा उद्धारमा ४ हजार फौज परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖