• Saturday 17th of October 2026

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ ।

बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै नेपाल प्रेससँग टेलिफोन सम्पर्क गरेका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो ।

यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖