• Monday 26th of October 2026

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो ।

परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर आरोपीहरूले उनको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेका हुन् । घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद हुन् ।

चोरीमा संलग्न आरोपमा ३ जना सशङ्कितहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनले भने– ‘चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौँ, सोधपुछ हुँदैछ ।’

कात्तिक ६ मा कलङ्कीमा रहेको नीरज नेपालको घरमा पनि चोरी भएको थियो । नेपालको घरबाट १३९ तोला चाँदी, १ तोला सुन र १० हजार नगद चोरी भएको हो । दुई वटै चोरीमा संलग्न समूह एउटै भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

दुई वटै चोरीमा एउटै समूह संलग्न देखिएको एसएसपी घिमिरेले बताए । चोरीमा संलग्नहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । आरोपीहरूलाई काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖