• Wednesday 7th of October 2026

भारत ४६ रनमा अलआउट, ५ ब्याट्सम्यानले खाता खोल्न सकेनन्


  • धनकुटा खबर
  • .

काठमाडौं। न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन ३१.२ ओभर ब्याटिङ गरेपछि अलआउट भएको थियो ।

भारतका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टीम साउथीले एक विकेट लिए । भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोडे । यसस्वी जैसवालले १३ रन बनाए ।

अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता खोल्न सकेनन् । कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १, मोहम्मद सिराजले ४ रन बनाए ।

तीन खेलको शृंखलाको पहिलो खेल बिहीबारदेखि बैंगलोरमा सुरू भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖