काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई कार्यालय बनस्थलीमा उपस्थित हुन उर्दी जारी गरेको छ।
केन्द्रीय सदस्य रहेकी ज्वाला संग्रौलाले अत्यन्त जरुरी सूचना भनेर कार्यकर्तालाई कार्यालयमा उपस्थित भई दिन भनेकी छन्।
सभापति रवि लामिछानेसहित उपसभापतिहरु स्वर्णिम वाग्ले र डीपी अर्यालसहित केही नेता कार्यालयमा छन्। कतिपय कार्यकर्ता आउनेक्रम जारी छ।
रविपत्नी निकिता पौडेल लामिछाने पनि रास्वपा मुख्यालय पुगेकी छन्।
