काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा सयौं प्रहरी परिचालित भएका छन् ।