काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई समर्थन गर्न पोखरा जान लागेका उनका समर्थकहरूलाई प्रहरीले जुगेडीमा रोकेको छ ।
भरतपुर र आसपासका व्यक्ति सवार गाडीलाई प्रहरीले जुगेडीमै राेकेकाे हो ।
कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछाने आज पक्राउ गरेका हुन् । उनलाई आजै काठमाडौंबाट पोखरा लगिँदै छ ।
उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको हो ।
