• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पोखरामा रविको समर्थनमा भएको प्रदर्शन


  • धनकुटा खबर
  • .

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन भएको छ ।

रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖