• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ, यस्तो छ कारण


  • धनकुटा खबर
  • .

काठमाडौ । कार्तिकदेखि ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिने भएको छ ।

निर्माण गर्नु पर्ने भएकाले कात्तिकदेखि चैतसम्म विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिन लागेको हो ।

कार्तिकबाट राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थलमा निर्माण कार्य गर्न लागिएको हो ।

विमानस्थलको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गरिनुका साथै नयाँ ट्याक्सीवेको सुदृढीकरण गर्ने प्राधिकरणको योजना छ ।

विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतम बुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖