• Monday 5th of October 2026

बिहान बिउँझिनासाथ ओछ्यान छोड्दा पर्न सक्छ मुटुमा प्रभाव


  • धनकुटा खबर
  • .

कैयौँ व्यक्तिहरू बिहान बिउँझिनासाथ एकैपटक बिस्तरा छोड्ने वानी मुटुका लागि घातक हुनसक्छ ।

आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् ।

यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस् । यसले शरीरको सतर्कता बढाउँछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖