• Tuesday 6th of October 2026

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौँ– हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ ।

यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।

अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १०० रन बनाएको हो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖