• Tuesday 6th of October 2026

न्यूकासलसँग हार्‍यो आर्सनल


  • धनकुटा खबर
  • .

न्यूकासलसँग आर्सनल पराजित भएको छ।

शनिबार बेलुका भएको खेलमा न्यूकासलले आर्सनललाई १-० गोलले पराजित गरेको हो।

१२ औं मिनेटमा अलेक्जेन्डर इशाकले गरेको गोल निर्णायक बन्दा न्यूकासल विजयी भएको थियो।

दसौं खेलमा पराजित भएको आर्सनल अंक तालिकामा तेस्रो स्थानमा छ। उसले ५ जित,३ बराबरी र २ हारबाट १८ अंक जोडेको छ।

चौथो स्थानको एस्टन भिल्लाको पनि १८ अंक छ। उसले एक खेल कम खेलेको छ।

आर्सनललाई पराजित गरेको न्यूकासल आठौं स्थानमा छ। उसले १० खेलबाट ४ जित, ३ बराबरी र ३ हारसहित १५ अंक बनाएको छ।
लिगको शीर्षस्थानमा म्यानचेस्टर युनाइटेड छ। उसले ९ खेलबाट २३ अंक जोडेको छ।

समान खेलबाट २२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖